stcnepal long ad
ime life insurance
global ime bank long

नयाँ वर्षमा जोनसेनको ‘अफ–रोड’ अफर

मोटरसाइकल किन्दा सिधै १५ हजार छुट

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

जोनसेन बाइकको नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले नयाँ वर्ष २०८२ लाई लक्षित गरी ‘अफ(रोड’ अफर ल्याएको छ । कम्पनीले अफरोड मोटरसाइकल रुचाउने राइडरलाई लक्षित  गरी १० हजार रुपैयाँ  नगद र ५ हजार रुपैयाँ टेष्ट ड्राइभ गरेबापत छुट दिने अफर ल्याएको हो ।

कम्पनीले हाल २१६.६ सीसी, १४९.४ सीसी, ११९.६ सीसी, १६६.४ सीसी, १९८.८ सीसी, २३० सीसी र २५० सीसी इन्जिन जडन भएका बिभिन्न मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । यी बाइकमा २ वर्ष वा ३० हजार किलोमिटरसम्मको वारेन्टि दिइएको छ ।

नेपाली बजारमा जोनसेन नयाँ ब्रान्ड हो । सन् १९९६ देखि मोटरसाइकल उत्पादन गर्दै आएको जोनसेन चीनको उत्कृष्ट ५०० इन्टरप्राइजेज तथा ३० अटोमोबाइल कम्पनीमा सामेल रहेको जनाइएको छ ।

जोनसेनले विश्वका ८० भन्दा बढी राष्ट्रमा वार्षिक ३ लाख बढी मोटरसाइकल निर्यात गर्दै आएको छ । इलेक्ट्रिक टु ह्विलर समेत बिक्री गर्ने जोनसेनले ७० लाखभन्दा बढी कम्पोनेन्ट उत्पादन गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari