stcnepal long ad
ime life insurance
global ime bank long

नेपाली सेफ सोसाइटीले, नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला २०८२, अन्तर–कलेज कुकिंङ कम्पिटिसन २०८२ को आयोजना हुदैछ । यो आयोजनाले नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने विश्वास आयोजकको रहेको छ। नेपाली सेफ सोसाइटी नेपालले आयोजना गर्न लागेको जानकारी गराएको छ ।

नेपाली सेफ सोसाइटी सोसाइटीले पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीमा अन्तर–कलेज कुकिंङ कम्पिटिसन २०८२ र नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला २०८२ हुने जानकारी गराएको छ । यसमा व्यावसायिक स्टलहरुको बुकिङ खुला र अन्तर्राष्ट्रिय सेफ सोसाइटीको प्रथम अधिवेशन पनि हुन लागेको जानकारी गराएको छ ।

नेपाली सेफ सोसाइटी नेपाल (एनसीएस) र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (आईएनसीएस) को संयुक्त आयोजनामा आगामी ४ वैशाख २०८२ (अप्रिल १७, २०२५) मा अकेडेमी अफ कलिनरी आट्र्स, कलेज लगनखेलमा अन्तर–कलेज कुकिंङ प्रतियोगिता २०८२ आयोजना हुन गइरहेको जानकारी गराएको छ ।

उक्त प्रतियोगितामा कलेज तहका विद्यार्थी शेफहरूले आफुमा रहेको पाक–कला प्रतिभाको सीप प्रस्तुत गरि नेपाली परम्परागत खानालाई नवप्रवर्तन मार्फत प्रस्तुत गर्ने अवसर प्राप्त गरेका छन् । उक्त प्रतियोगिताले उत्कृष्ट कलेजका विद्यार्थी शेफहरूलाई सम्मानित गरी राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय क्षेत्रमा चिनाउने अवसर प्राप्त हुनेछ।

यो प्रतियोगितामा सहभागी हुनुहुन सम्वुर्ण कलेजलाई विशेष आह्वान गरिएको छ । साथै विजेता टोलीहरूलाई नगद पुरस्कार, स्वरूप प्रथम रु एक लाख द्वितीय रु पचहत्तर हजार र तृतीय रु पचास हजार, मेडल साथमा सहभागी कलेजहरुलाई प्रमाणपत्र प्रदान गरिने जानकारी गराएको छ ।

यस ऐतिहासिक प्रदर्शनी तथा मेला आगामी ६ वैशाख २०८२ तदनुसार अप्रिल १९, २०२५ भृकुटीमण्डप, काठमाडौंमा बिहान १० बजे देखी साँझ ६ बजे सम्म सञ्चालन हुने जनाइएको छ।

नेपाली खानाको मौलिकता, विविधता, र यसको अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्यका साथ हामी यो कार्यक्रममा युरोप, दक्षिण अमेरिका लगायत ३६ वटा राष्ट्रबाट नेपाली सेफहरुको उल्लेखनीय सहभागिता रहनेछ। उद्योगी–व्यवसायी तथा खानामा रुचि राख्नेहरूको सहभागिताको अपेक्षा गरिएको छ ।

कार्यक्रमका विशेषताहरूमा नेपाली परम्परागत खानाका परिकारहरूको भव्य प्रदर्शनी हुनेछ । यसैगरी स्वदेश तथा विदेशबाट नेपाली सेफहरूको सहभागिता रहनेछ । नेपाली खानाको विकास तथा प्रवद्र्धनका लागि व्यापारिक अवसरहरू प्राप्त हुनेछ । विविध सांस्कृतिक कार्यक्रम, झाँकी तथा अवार्ड वितरण कार्यक्रम पनि समावेश गरिएको जानकारी गराएको छ ।

हाल व्यावसायिक स्टल बुकिङ खुला रहेको जनाउँदै आयोजकले सीमित मात्रामा स्टलहरू भएकाले इच्छुक व्यक्ति तथा संस्थाले स्टल बुकिङ गर्न अनुरोध गरेको छ । नेपाली रैथाने खाना लाई विशेष प्राथमिकता दिइने छ। कुकिङ कम्पिटिसनमा विजेता विद्यार्थीहरु लाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम अधिवेशन पनि हुने नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरिराज भट्टले पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा सेफ एसोसिएसनका पूर्व अध्यक्ष रत्न बहादुर थापा, कुलिनरी आर्ट्स कलेजका डाइरेक्टर आशिष महर्जन कुलिनरी आट्र्स कलेजका किचेन डाइरेक्टर विष्णु श्रेष्ठ, नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशल, वरिष्ठ उपाध्यक्ष बसन्त राई, उपाध्यक्ष शिवहरी घिमिरे, कोषाध्यक्ष विष्णु खत्री लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari