stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्स्योरेन्सको ७६ औँ वार्षिक साधारण सभा सम्पन्न

 प्रस्तावित लाभांश अनुमोदन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सो को कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

साधारण सभाले इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । वर्तमान लेखापरिक्षक पुनः नियुक्ती हुन सक्ने प्रस्ताव पारित गरेको छ ।

मिति २०८१/०२/०४ गते बसेको कम्पनीको विशेष साधारण सभाबाट इन्स्योरेन्स कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १० शेयर बराबर ४ शेयरका अनुपातले हकप्रद शेयर जारी गरे पश्चात बोनस शेयर जारी गरे पश्चात हुने चुक्ता पूँजी अनुसार हकप्रद शेयर प्रतिशत पुनरावलोकन हुन सक्ने तथा आर्थिक वर्ष २०८०/८१ को वोनस शेयर जारी गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी दुई अर्व ९४ करोड पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्ध पत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव गरित गरेको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा सम्पन्न भएको हो ।

prabhu mahalaxmi
kumari