stcnepal long ad
ime life insurance
national life
global ime bank long

वाडा अटो शो मार्फत पोखरामा निसान म्याग्नाइट फेसलिफ्ट सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोखरामा चलिरहेको वाडा अटो शोमार्फत निसान म्याग्नाइट फेसलिफ्ट सार्वजनिक गरिएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले करिव एक महिना पहिले नेपाली बजारमा सार्वजनिक गरेको सो एसयूभी पोखरामा पहिलो पटक सार्वजनिक रुपमा प्रदर्शन गरिएको हो ।

गत फागुन १४ देखि प्रारम्भ भएको वाडा अटो शो पोखरामा भोलि सम्म चल्ने छ । निसानको गण्डकी र धवलागिरि क्षेत्रका लागि डिलर एलिट मोटर्सले निसान म्याग्नाइट फेसलिफ्ट सार्वजनिक गरेको हो ।

निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण, सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ सहित प्रदर्शनमा रहेको छ । यसमा २६ हजार ३२० रुपैयाँको मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधाहरू समेटिएको छ । त्यसैगरी ग्राहकहरूले एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन् ।

नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको निसान म्याग्नाइट हाल नयाँ फेसलिफ्ट संस्करणको रुपमा भित्रिएको हो । नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ ।  यसको ‘हाइ–टेन्साइल  स्टिल केज  बडी’ र ‘इम्प्याक्ट एब्जर्बिङ कम्पोनेन्ट’हरूले उत्कृष्ट सुरक्षा प्रदान गर्दछ ।

यसमा ६ वटा एयरब्याग (२ अगाडि, २ छेउमा र २ कर्टेन एयरब्याग) उपलब्ध छन्, जुन सबै भेरिएन्टहरूमा स्ट्यान्डर्ड रूपमा समावेश गरिएको छ । साथै, ‘३–पोइन्ट सिटबेल्ट’ र सबै सिटका लागि ‘सिटबेल्ट–रिमाइन्डर’ प्रणालीले उत्कृष्ट सुरक्षा सुनिश्चित गर्छ ।

एसयूभीको सुन्दरता वा एस्थेटिक्समा नयाँ म्याग्नाइटले नयाँ उचाई लिएको छ । अझ प्रभावशाली उपस्थितिको डिजाइनसहित आएको यो गाडीमा ‘बिगर एन्ड बोल्डर’(ठूलो र दरिलो) ‘डुअल–टोन ग्रिल’, ‘फ्लोटिङ स्किड प्लेट’ र श्रेणी–उत्कृष्ट ‘थ्रीडी हनिकम्ब ग्रेडियन्ट इफेक्ट’सहितको ‘एलईडी टेलल्याम्प’ रहेका छन् ।

यसमा विशेष ३६० लेदर–प्याक समावेश छ, जसमा ‘लेदरेटले मोडिएको ड्यासबोर्ड’, लेदरेट सिटहरू साथै ढोका, पार्किङ ब्रेक लिभर, स्टेयरिङ र अगाडिको आर्मरेस्टमा लेदरेट ट्रिमहरू रहेका छन् ।

यसमा १९ लिटरको क्याबिन स्टोरेज, ६०ः४० रियर सिट स्प्लिटसहित विस्तार गर्न सकिने ‘बुट स्पेस’, आर्मरेस्ट स्टोरेज र कपहोल्डहरू सबै भेरिएन्टमा स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् जसले क्याबिनको उपयोगिता र आरामलाई बढावा दिएको छ ।

IME Lifesidebar
kumari