sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सनलङको इलेक्ट्रिक कार्गो पिकअप अब नेपालमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्रिएको छ । ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको छ । कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापन गरेर सनलङ ईभीयू३ कार्गो भ्यान सार्वजनिक गरेको हो ।

सनलङ ईभीयू३ मा ७० किलोवाट क्षमाताको मोटर उपलब्ध छ । यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिएको छ । यसले एक पटकको फुलचार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।

सनलङ ईभीयू३ को लम्वाई ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्विलबेस ३०५० एमएम रहेको छ । यसको कार्गोको स्पेसको लम्वाई ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाई ३३० एमएम छ । यसको १.४ टन लोडिङ क्षमता रहेको छ ।

यसको टप स्पिड ९० किलोमिटर प्रतिघन्टासम्म छ । यसमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिने बताएको छ ।

ब्लु कर्पोरेसनले ३१ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । कम्पनीले निकट भविष्यमै कमर्सियल भ्यानसमेत ल्याउने तयारी थालेको छ । कम्पनीसँग १२ सिटे, १४ सिटे र १९ सिटे भ्यान उपलब्ध हुनेछ ।

gold
kumari bank
nawakantipur long