आज नेप्से परिसूचक ३० अङ्कले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३० दशमलव ५२अङ्कले वृद्धि भइ दुई हजार ६४५ दशमलव ०२ विद्यनुमा उक्लिएको छ ।
आज ३२६ कम्पनीका ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा ४ अर्ब, ४८ करोड ३५लाख ९९ हजार ०४ रुपैयाँबराबरको कारोबार भएको छ । आज नेप्से १ दशमलव १६ प्रतिशतले बढेको हो ।
३२ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङस र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।
यसअघि निरन्तर घट्दा छोटो समयमै प्यानिक भएका लगानीकर्तालाई सोमबार भने बजारले केही राहतको महसुस गराएको छ । यसअघि १४ दिनको कारोबारमा १३ दिन बजार घटेको थियो ।
निरन्तर अनि एकोहोरो ढंगले नेप्से घटेपछि सर्वसाधारण लगानीकर्ता त्रसित भएका थिए । सामान्यतयः बजार यसरी एकोहोरो घट्ने गरेको कमै मात्र देखिन्छ ।