stcnepal long ad
ime life insurance
global ime bank long

सिम्पल वान एस इलेक्ट्रिक स्कुटर लन्च

फुल चार्जमा १८१ किलोमिटरको रेन्ज

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

सिम्पल वानले भारतीय बजारमा एस नामको नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । सो स्कुटर कम्पनीले राम्रो रेन्जका साथ लन्च गरेको हो । सिम्पल वानले आफ्नो सेगमेन्टमा उच्चतम रेन्ज सहित आउने दाबी गरेको छ ।

कम्पनीले स्कुटरमा धेरै उत्कृष्ट सुविधा प्रदान गरेको छ । यसमा ३५ लिटर अन्डरसिट स्टोरेज,७७० एमएम सिट हाइट, ब्लुटुथ कनेक्टिभिटी, ५जी ई–सिम, वाइफाई, ७ इन्चको टचस्क्रिन ड्यासबोर्ड, टर्न बाई टर्न नेभिगेसन, ओटीए अपडेट, फाइन्ड माई भेइकल, टीपीएमएस, रिजेनेरेटिभ र पार्क असिस्ट जस्ता फिचर समावेश छ ।

सो स्कुटरमा ३.७ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ । यसलाई एक पटक चार्ज गरेपछि १८१ किलोमिटरसम्म चलाउन सकिन्छ । यसका साथै स्कुटरमा इको, राइड, ड्यास र सोनिक मोड प्रदान गरिएको छ । स्कुटरमा ८.५ किलोवाटको मोटर जडान गरिएको छ जसले स्कुटरलाई ०–४० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन २.५५ सेकेन्ड लिन्छ। यसको अधिकतम गति प्रति घण्टा १०५ किलोमिटरसम्म छ।

सिम्पल वान एस इलेक्ट्रिक स्कुटर १ लाख ३९ हजार भारु एक्स(शोरूम मूल्यमा लन्च गरिएको छ । सो स्कुटरले बजारमा ओला, एथर, टीभीएस, बजाज जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ।

prabhu mahalaxmi
kumari