stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बीवाईडीले ल्यायो भेइकल–माउन्टेड ड्रोन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

ईभी निर्माता कम्पनी बीवाईडीले डीजेआईसँगको सहकार्यमा ‘लिङयुआन’ नामक भेइकल–माउन्टेड ड्रोन सार्वजनिक गरेको छ ।

सबै कम्पनीका लागि प्रयोगमा आउन सक्ने सो ड्रोन हाल चीनमा मात्र उपलब्ध हुने र यसको मूल्य १६ हजार युआन अर्थात करिव २ हजार २ सय डलर पर्ने चीनको सरकारी सञ्चार माध्यम सिन्हवाले जनाएको छ ।

हालै सांघाई आई नामक युट्युब च्यानलमा सार्वजनिक भएको बीवाईडीको भिडियो हेर्दा यसले एउटा साइन्स  फिक्सनका  भाइव दिन्छ । ड्राइभरले  एउटा बटन थिच्दा नै यो सबै कार्य विस्तारै सम्भव हुन्छ ।

सीएनईभी पोस्टले जनाए अनुसार सो ड्रोनले २५ किलोमिटर प्रतिघण्टाको स्पिडमा टेक अफ र ल्यान्ड गर्न सक्छ । त्यसैगरी दुई किलोमिटरको दुरीभित्र स्वचालित रुपमा फर्किन सक्छ ।

यसमा सफ्टवेयर र अन्य सबै समावेश हुने भए पनि यो कसरी इन्स्टल हुन्छ भन्ने वारेमा भने अलि क्लियर छैन ।

बीवाईडी र डीजेआईले संयुक्त रुपमा शुरुवाती अवस्था देखि नै यसको विकास गरेको जानकारी बीवाईडीका चेयरम्यान वाङ चुआन्फुले दिएका छन् ।

उनले सेन्झेनस्थित चाइनिज टेक हबमा आयोजित लन्च इभेन्टमा सो जानकारी दिएको भनाइ छ । बीवाईडीले बाओ ८ एसयूभीमा यसलाई पि–इक्विप्ड गरेर सार्वजनिक गरेको र सो गाडी समेत सार्वजनिक गरेको छ ।

यद्यपि बीवाईडीले यस प्रकारको ड्रोन पहिलो पटक सार्वजनिक गरेको भने होइन । यसको लक्जरी ब्रान्ड याङवाङको यु८ एसयूभीको अफरोड भेरिएन्टको रुफरेलमा यसलाई पहिले नै लन्च गरेको थियो । तर यो हेर्दा अहिलेको ड्रोन भन्दा धेरै ठूलो देखिन्थ्यो ।

लिङयुआन हेर्दा डीजेआईको डक ३ ड्रोन जस्तो लाग्छ । यसलाई पावर लाइन इन्स्पेक्सन वा इमर्जेन्सी रेस्पोन्सका लागि प्रयोग गर्न सकिन्छ । डक ३ पनि मुभिङ भेइकलमा प्रयोग गर्न सकिन्छ । तर यसको मूल्य भने अलि महंगो हुन्छ ।

prabhu mahalaxmi
kumari bank
kumari