stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

२०२५ मोडलको टियागो ईभी नेपालमा, मूल्य २७ लाख ४९ हजार

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा टियागो ईभीको फेसलिफ्ट मोडल अर्थात २०२५ टियागो ईभी नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले एक कार्यक्रमका बिच सो ईभी सार्वजनिक गरेको हो ।

नयाँ डिजाइन, नयाँ कलर, नयाँ फिचर, नयाँ प्रविधियुक्त ईभी उही मूल्यमा उपलब्ध गराएको कम्पनीले बताएको छ ।

सो गाडी एक्सटी र एक्सजेड प्लस टेक लक्स गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः २७ लाख ४९ हजार र २९ लाख ९९ हजार रुपैयाँ हुनेछ । नेपाली बजारमा पहिले पनि यो ईभी भए पनि अबको मोडलको मूल्य समेत उही हुनेछ ।

नयाँ टियागो ईभीमा २४ किलोवाट आवरको ब्याट्री प्याक र ४८ किलोवाटको मोटर हुनेछ । यसले सिंगल चार्जमा २०५ किलोमिटरको रियल वर्ल्ड रेन्ज दिने बताइएको छ । ११४ एनएमको टर्क प्रदान गर्ने इलेक्ट्रिक मोटर रहेको सो ईभीलाई सिटी र स्पोर्ट्स गरी दुई ड्राइभ मोडमा चलाउन सकिन्छ ।

यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३७८१, १६७७ र १५३६ एमएम छ भने २४०० एमएमको ह्विलबेस छ । २४० लिटरको बुट स्पेस रहेको सो ईभीको टर्निङ सर्कल रेडियस ५।१ मिटर छ ।

नयाँ टियागो ईभीमा यसअघिको हेलोजन लाइटलाई परिवर्तन गरेर एलइडी लाइट प्रयोग भएको छ । अगाडि ग्रीलमा रहेको ईभीको व्याच हटाइएको छ ।

क्लोजअफ नोज तल रहेको ब्लुस्ट्रिपको सट्टामा सिल्भर लाइन प्रयोग भएको छ । नयाँ डिजाइनको ह्विल तथा सार्कफिन एन्टेना नयाँ टियागो ईभीमा देखिन्छ । कलर समेत थप गरिएको छ ।

नयाँ टियागो ईभीको इन्टेरियरमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने १०.२५ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छ । त्यसैगरी फुल्ली डिजिटल इन्फर्मेसन सिस्टम लगायतका विभिन्न विशेषता रहेका छन् ।

kumari bank
kumari
nawakantipur long