stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घट्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घटेको छ । डिजलको खपतमा ६.६९ प्रतिशतले कमी आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र ग्यासको खपत बढे पनि डिजलको खपत भने घटेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को माघ १५ सम्म पेट्रोल ९.४९ प्रतिशतले र खाना पकाउने एलपी ग्यास खपत छ प्रतिशतले बढेको निगमको तथ्याङ्कले देखाएको छ । माघ १५ सम्म छ लाख ९३ हजार ४६२ किलोलिटर डिजेल आयात भएको छ ।

सो अवधिसम्म १५ लाख १६ हजार ९६७ किलोलिटर कुल पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास, हवाई इन्धन मटितेल) आयात भएकोमा झन्डै आधा हिस्सा डिजेलको रहेको छ ।

निगमका अनुसार पेट्रोलियम पदार्थको कुल कारोबारमध्ये सबैभन्दा धेरै ५० प्रतिशत कारोबार डिजेलको हुने गरेको छ । २४ प्रतिशत पेट्रोल, १९ प्रतिशत ग्यास, छ प्रतिशत हवाई इन्धन र एक प्रतिशत मटितेलको कारोबार हुने गर्छ ।

निगमका अनुसार गत वर्ष मासिक एक लाख १४ हजार किलोलिटर डिजेल खपत हुने गरेकामा हाल घटेर मासिक एक लाख छ हजार ६८६ किलोलिटरमा झरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को सात महिनामा ६६ अर्ब ४८ करोड दुई लाख रुपियाँ बराबरको डिजेल आयात भएको छ । गत वर्ष सो अवधिमा ७७ अर्ब ४१ करोड ९८ लाख १९ हजार रुपियाँको डिजेल आयात भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा १० अर्ब रुपियाँको डिजेल आयात कम भएको छ । गत वर्षको तुलनामा यो वर्ष अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य घटेकाले पनि कम रकमको डिजेल आयात भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न जान्छ । हाल बजारमा डिजेल प्रतिलिटर १५३ रुपियाँ मूल्य रहेको छ ।

निगम प्रवक्ता मनोजकुमार ठाकुरले विकास निर्माणको काम ठप्प हुँदा डिजेलको खपतमा कमी आएको दाबी गर्नुभयो । पछिल्लो समय विद्युतीय गाडीको प्रयोग बढ्दै गएकाले पनि डिजेलको खपतमा सामान्य कमी आएको उहाँले जानकारी दिनुभयो ।

इन्धनको तुलनामा बिजुलीबाट चल्ने गाडी सस्तो पर्ने हुँदा विद्युतीय गाडी र स्कुटरको प्रयोग बढ्दै गएको छ । जसका कारण पनि डिजेलको खपतमा सामान्य कमी आएको देखिन्छ । विशेष गरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र ठुला सवारीसाधनमा बढी प्रयोग हुने गर्छ छ ।

औद्योगिक क्षेत्रमा डिजेलको खपत २५ देखि ३० प्रतिशत हुने गरेको छ । पछिल्लो समय उद्योगहरू पूर्ण रूपमा सञ्चालन नहुँदा डिजेलको खपतमा कमी आएको हो । घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले पछिल्लो समय साना तथा मझौला उद्योग पनि ४० प्रतिशत मात्र सञ्चालनमा आएका छन् ।

आर्थिक गतिविधिमा सङ्कुचन आई बजारमा माग कम हुँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन आउन नसकेको उहाँको भनाइ छ । सञ्चालनमा आएका उद्योगले पनि क्षमता अनुसार उत्पादन गर्न नसकेको उहाँको भनाइ छ ।

prabhu mahalaxmi
kumari bank
kumari