sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

टाटाको एसयूभी कर्भ ईभी सार्वजनिक

मूल्य ५६ लाख ९९ हजार रूपैयाँ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटाको एसयूभी कर्भ ईभी सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै सिप्रदी ट्रेडिङ्गले टाटाको एसयूभी कर्भ ईभी नेपाली बजारमा सार्वजनिक गरेको हो ।

आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिसहितको टाटा कर्भ ईभी नेपाली बजारमा सार्वजनिक गरिएसँगै अटो बजारमा लोकप्रिय बन्ने अपेक्षा रहेको सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठले बताए । उनका अनुसार टाटा कर्भ ईभी आकर्षक सेतो र खैरो रङको रहेका छन् ।

सुरक्षाका हिसाबले पनि कर्भ ईभी मजबुत रहेको उनले दाबी गरे । उक्त ईभीमा स्ततः ब्रेक लाग्ने प्रणाली समेत जडान गरिएको छ । जसकारण पैदलयात्री, साइकल चालक लगायतसँग दुर्घटना हुनबाट जागिनेछ ।

सीईओ श्रेष्ठले ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री रहेका छन् । ब्याट्रीमा पानी तथा धुलो नपस्ने गरी प्याकिङ गरिएको छ ।

४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिनेछ भने ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिनेछ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ भने सिट क्षमता ५ जनाको रहेको छ ।

५ स्टार सेफ्टी रेटिङ पाएको कर्भको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । सीईओ श्रेष्ठका अनुसार पछिल्लो ४ वर्षमा टाटाका ६ हजार भन्दा बढी नेपाली बजारमा बिक्री भइसकेका छन् भने ४५ जिल्लामा चार्जिङ स्टेशनको पहुँच रहेको छ ।

gold
kumari bank
nawakantipur long