टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’
पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२५ को अवसरमा, माघ २८ देखि फागुन ३ गतेसम्म (१ फेब्रुअरी देखि १५ फेब्रुअरी, २०२५) भ्यालेन्टाइन स्पेसल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम गर्ने भएको छ ।
यस विशेष अवसरमा टाटा ब्राण्डका प्यासेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो ईभी र पन्च ईभी, जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग साट्न सकिने छ । यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको हो ।
‘एक्सचेन्ज विथ लभ’ योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, एसेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स (जडानसहित) हरेक बुकिङ्गमा आकर्षक उपहारहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।