stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

यामाहा आर१५ को उत्पादन १० लाख युनिट नाघ्यो, ९० प्रतिशत बजार भारत

Nimb long ad
Prabhu Insurance Long Ad

यामाहाले आफ्नो चर्चित मोटरसाइकल आर १५ को उत्पादन १० लाख यूनिट नाघेको जनाएको छ । सन् २००८ देखी उत्पदन हुँदै आएको आर१५ १६ वर्षमा १० लाख यूनिट उत्पादन भएको हो ।

भारतको सुरजपुर प्लान्टमा उत्पादन हुँदै आएको यसको बजार समेत सबैभन्दा ठूलो भारतकै छ । कुल उत्पादनको ९० प्रतिशत आर१५ भारतमा बिक्री हुने कम्पनी भनाई छ ।

यामाहा मोटर ग्रुप अफ कम्पनीजका अध्यक्ष इटरु ओटानीले भने, ‘हामी हाम्रा ग्राहकहरूलाई उनीहरूको अटल विश्वासको लागि र हाम्रा कर्मचारीहरूलाई उनीहरूको समर्पणका लागि हार्दिक आभार व्यक्त गर्दछौं, जसले यो ऐतिहासिक उपलब्धि हासिल गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ ।’

आर १५ भारतमा प्रस्तुत गरिएको पहिलो पूर्ण–फेयर सुपरस्पोर्ट बाइकहरू मध्ये एक थियो । बजारमा अहिले यसको चौथो जेनेरेशन बिक्री हुँदै आएको छ । नेपाली बजारमा समेत उपलब्ध यस मोटरसाइकलको मूल्य ६ लाख ४० हजार तोकिएको छ ।

आर१५ मा यामाहाले १५५ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरेको छ । जसले १८ बिएचपी पावर र १४.२ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई असिस्ट र स्लिपर क्लच मार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।

prabhu mahalaxmi
kumari