stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नयाँ एट्टो३ को ‘रोड टेष्ट’ सुरु

कहिले हुँदैछ लन्च

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

बीवाईडीले आफ्नो  लोकप्रिय एसयुभी एट्टो३ को २०२५ मोडललाई चीनमा रोड टेष्ट गर्न सुरु गरेको छ । नयाँ एट्टो३ यसै वर्षको दोस्रो त्रैमासिकमा लन्च हुने अनुमान गरिएको छ । सो नयाँ मोडलको एक्सटेरियरमा ब्यापक परिमार्जन गरिएको छ ।

चिनियाँ बजारमा यूवान प्लस नामले बिक्री हुँदै आएको सो ईभीमा कम्पनीले नयाँ ड्राइभिङ एसिस्टेन्स सिस्टम दिन लागेको हो । कारको अग्रभागलाई झनै स्पोर्टी देखिने बम्पर राखेर रिडिजाइन गरिएको छ भने पछाडी पनि राम्रैसंग रिफ्रेस गरिएको छ ।

नयाँ एट्टो३ मा रुफ स्पोइलर, ब्रेक लाइट, बडी कलर, रियर पिल्लर र क्यामेरामा समेत नयाँपन पाइनेछ । साथै यसको इन्टेरियरमा पनि राम्रैसंग अपडेट गरिएको अनुमान गरिएको छ ।

सो नयाँ मोडलमा प्रयोग हुने पावरट्रेन र स्पेसिफिकेसन भने पुरानैले निन्तरता पाउने जनाइएको छ । हाल उपलब्ध एट्टो३ लाई बीवाईडीले ४९.९ र ६०.५ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध गराउँदै आएको छ । जसले सिंगल चार्जमा ४३० र ५१० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

बीवाईडी एट्टो३ नेपाली बजारमा सर्बाधिक बिक्री हुने बिद्युतिय एसयुभी हो । नेपाली बजारमा यसको ४९।९ किलोवाट आवर ब्याट्री प्याक जडित भेरिएन्टलाई ५६ लाख ९० हजार रुपैयाँ पर्छ भने लङ रेन्ज भेरिएन्टको ६७ लाख ८० हजार तोकिएको छ । चीनमा लन्च भए पश्चात यसको नयाँ मोडल नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

kumari bank
kumari
nawakantipur long