stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

होन्डाले लन्च गर्‍यो नयाँ २०२५ एक्टिभा स्कुटर

३ भेरिएन्ट र ६ वटा रङ उपलब्ध

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय स्कुटर एक्टिभाको नयाँ ओबीडीटटुबी कम्प्लायन्ट संस्करण लन्च गरेको छ।

सो स्कुटर अब भारतभर एचएमएसआई डीलरशिपमा उपलब्ध छ। नयाँ फिचरले सुसज्जित सो अपडेटेड एक्टिभा ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यसमा मेकानिकल अपडेटेड पनि गरिएको छ ।

यसको मेकानिकल अपडेट आगामी नियम पूरा गर्न र ग्राहकको सवारी अनुभव सुधार गर्न डिजाइन गरिएको हो। सो स्कुटरमा १०९.५१ सीसी सिंगल सिलिन्डर पीजीएम(एफआई इन्जिन समावेश छ ।

सो इन्जिनले ८००० आरपीएममा ५.८८ किलोवाटको पावर र ५५०० आरपीएममा ९.०५ एनएमको टर्क जेनेरेट गर्छ। साथै यसमा फ्युल एफिशिएन्सी बढाउनका लागि आइडलिङ स्टप सिस्टम पनि उपलब्ध गराइएको छ ।

नयाँ एक्टिभामा ४.२ इन्चको टीएफटी डिस्प्ले दिइएको छ, जसमा ब्लुटुथ कनेक्टिभिटी छ । यसमा अब यूएसबी टाइप सी चार्जिङ पोर्ट पनि समावेश छ ।

सो स्कुटर एसटीडी, डीएलएक्स र एच(स्मार्ट गरी तीन भेरिएन्टमा ल्याइएको छ । यसको डीएलएक्स भेरिएन्टमा अलोय ह्विल समावेश गरिएको छ । साथै सो स्कुटर ६ रङमा उपलब्ध हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari