citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

पुराना गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सकिने

माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखि १३ गतेसम्म आयोजना हुन लागेको हो ।

एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाईडीको ब्रान्ड न्यु ईभी साट्न सक्नेछन् ।

यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसरिज र निःशुल्क चार्जर जडानको सुबिधा पाउनेछन् ।

कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा अयोजना हुनेछ ।

एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एट्टो ३, डल्फिन र एम६ जस्ता चर्चित र लोकप्रिय ईभी एक्सचेन्ज गर्न सक्नेछन् ।

बीवाईडी नेपाली बजारमा सर्बाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो ३, डल्फिन र एम६ मोडल निकै लोकप्रिय मानिन्छन् ।

बिक्री पछिको सेवा र चार्जिङ पूर्वाधारको विकासमा साइमेक्स इंकले पुर्‍याउँदै आएको योगदानका कारण नेपालमा यो ब्रान्डलाई रुचाउने ईभी पारखीको जमात निकै ठूलो छ ।

gold
himalayan life insurance long ad
kumari bank