citizens life insurance long ad
stcnepal long ad

सनसिल्कले गर्‍यो सनसिल्क भाइब्स सिजन ४ का विजेताहरूको घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनिलिभरको ब्राण्ड ‘सनसिल्क दशैं भाइब्स’ अभियानको तीन वर्षको लगातार सफलता पछि सनसिल्कले आफ्नो यस पहललाई नयाँ उचाइमा लागेको छ।

यस वर्ष, अभियानलाई ‘सनसिल्क भाइब्स’ को रूपमा पुनः परिकल्पना गरी चाडपर्वको सिजन मात्र नभई दैनिक  जीवनको सार  मनाउनको  लागि पहुँच हुने गरी यसको दायरालाई फराकिलो पारेको छ ।

नयाँ थिम लाइन, ‘माई हेयेर, माई भाइब्स’ ले सहभागीहरूलाई आफ्नो कपालले जीवनमा खल्ने महत्त्वपूर्ण भूमिकालाई क्याप्चर गर्न प्रोत्साहित गरेको छ ।

सनसिल्क सधैँ प्रवृत्तिहरू सेट गर्ने र समुदायको भावना निर्माण गर्ने क्रममा रही आएको छ । सनसिल्क भाइब्स चाँडै नै हयेरस्टाइल र व्यक्तित्वको उत्सवमा विकसित भई यसले परम्परागत संस्कृतिसँग आधुनिक प्रचलनहरू मिसाएको छ ।

यस अभियानले सहभागीहरूलाई हयेरस्टाइलहरू टाइमलेस क्लासिक्सदेखि बोल्ड, कन्टेम्पोररी लुकसम्म अन्वेषण र आफ्नो अनुभव शेयर गर्न आमन्त्रित गरेको थियो । यो अभियान कपालको बारेमा मात्र थिएनस यो आफैलाई अभिव्यक्त गर्ने र आफ्नो अद्वितीय भावनालाई अँगाल्नुको बारे पनि थियो ।

यो वर्ष, नेपालभरीका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरे जसले उनीहरूको प्लेफुल, स्लीक, फेस्टिभ र बोल्ड हेयरस्टाइलहरू देखाएको थियो । प्रत्येक पोस्ट व्यक्तित्वको प्रतिबिम्ब थियो जसले दैनिक पलहरूमा रहेको उमङ्ग बाहिर ल्याउन मद्दत गर्‍यो ।

साउन्डट्र्याकको रूपमा एक आकर्षक ‘सनसिल्क भाइब्स’ गानको साथ सहभागीहरूले आफ्नो कपालको स्टाइल मात्र होइन आफ्नो व्यक्तिगत कथाहरूको प्रदर्शन पनि गरे ।

यो अभियान माघ ४, २०८१ मा यस वर्षको सनसिल्क ग्याङ अफ गल्र्सको घोषणासँगै समापन भयो। विजेताहरू आकृति अर्याल, मनीषा लामा र सुहाना ठाकुर आफ्नो युनिक स्टाइल र सृजनात्मकताका साथ अरूभन्दा अघि पुगेका थिए ।

प्रत्येक विजेताले १००,००० रूपैयाँ प्राप्त गरे र ब्रान्डको प्रतिनिधित्व गर्न सनसिल्क एम्बेसेडर प्रिज्मा र प्रिन्सीसँग सामेल हुने मौका पाए जसले आत्मविश्वास, सौन्दर्य र आत्म–अभिव्यक्तिलाई मूर्त रूप दिने सिस्टरहुड बनाउन मद्दत गर्ने छ ।

यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लाटफर्महरूमा २२।९ मिलियन भ्यूजहरू उत्पन्न गर्दै नयाँ उचाइ लिएको छ । अतुलनीय प्रतिक्रियाले सनसिल्कको आफ्ना दर्शकहरूसँगको बलियो सम्बन्ध र कपालको माध्यमबाट व्यक्तित्व मनाउने बढ्दो उत्साह देखाएको छ ।

सनसिल्क भाइब्सको प्रत्येक संस्करणको साथ, ब्रान्डले आफ्ना दर्शकहरूसँग गहिरो रूपमा प्रतिध्वनि गर्ने अभियानहरू सिर्जना गर्दै सीमाहरू बढाउन जारी राखेको छ ।

‘माई हेयर, माई भाइब्स’ को दर्शनलाई अङ्गालेर सनसिल्कले नेपाली चेलीबेटीहरूलाई आफ्नो संस्कृति र स्टाइल निडर भएर प्रदर्शन गरी आफूलाई अभिव्यक्त गर्न प्रेरित गरेको छ ।

यस वर्षको सनसिल्क भाइब्स एक अभियान मात्र थिएन, यो एक रेभुलुसन थियो । यस अभियानले सबै नेपालीहरूलाई नजिक ल्याउन मद्दत गर्‍यो, रचनात्मकतालाई प्रोत्साहित गर्‍यो र आत्मविश्वास, समुदाय र व्यक्तित्वलाई बढावा दिने अग्रगामीको रूपमा सनसिल्कको स्थितिलाई बलियो बनाउन मद्दत गर्‍यो ।

सनसिल्कले हामीलाई सबै प्रकारका भाइब्स र उत्कृष्ट हेयरस्टाइलहरू जताततै छन् भनेर सम्झाउँदै साँच्चै सही बाटोमा नेतृत्व गरिरहेको छ ।

IME Life
kumari