stcnepal long ad
nabil bank
Himalayan bank
national life

सिद्धार्थ बैंकको नगद लाभांश शेयरधनीको खातामा पठाउन थालियो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारणसभाबाट पारित भएको नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा पठाउन थालेको छ ।

बैंकको पुस २८ गतेको २३औं वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त लाभांश पुस १३ गते (बुक क्लोज मिति) सम्म कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीलाई पुस २८ गतेदेखि नै पठाउन थालिएको हो ।

साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका तथा हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराउनुका साथै हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई नगद लाभांश लिन पनि बैकले आग्रह गरेको छ ।

त्यसैगरी पुस १३ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवापत्र प्राप्त भएपछि मात्रै लाभांश बैंक खातामा जम्मा गरिने पनि बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

kumari bank
kumari
nawakantipur long