citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

एट्टो ३ का साथ दक्षिण कोरियाली बजार प्रवेश गर्दै बीवाईडी

kumari bank
Prabhu Insurance Long Ad
global bank

हालै अर्थात जनवरी १३ मा दक्षिण कोरियाली सरकारले चाइनिज न्यु इनर्जी भेइकल निर्माता कम्पनी बीवाईडीको एट्टो ३ लाई इमिसन तथा न्वाइज सर्टिफिकेटसन प्रदान गरेको छ । दक्षिण कोरियाको नेसनल इन्स्टिच्युट अफ इन्भाइरोमेन्टल रिसर्चले सो सर्टिफिकेट प्रदान गरेको हो ।

यस  अनुसार बीवाईडी एट्टो ३ ले दक्षिण  कोरिया प्रवेशका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेको छ । यसैगरी बीवाईडीका अन्य ईभी सिल, डल्फिन र सिलायन ७ पनि यो प्रक्रियामा छन् ।

यस प्रकारको सर्टिफिकेसनले इलेक्ट्रिक सवारी साधनको पर्फमेन्सलाई प्रमाणित गरेको मानिन्छ । यसरी प्रदान गरिएको नतिजा अनुसार बीवाईडी एट्टो ३ ले समान्य अवस्थामा ३२१ किलोमिटर र कम तापक्रमको अवस्थामा ३०९ किलोमिटर रेन्ज दिने बताएको छ ।

बीवाईडीले यस सम्बन्धी औपचारिक जानकारी केही दिनमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसका साथमा दक्षिण कोरिया प्रवेश गर्दा यसको मूल्य समेत सार्वजनिक हुनेछ ।

बीवाईडी एट्टो ३ लाई चीनमा युआन प्लस नामले चिनिन्छ । यसको बेस मोडलको मूल्य चीनमा १ लाख १९ हजार ८०० युआन अर्थात १६ हजार ६५० डलर छ ।

कोरियामा यसको मूल्य ३ करोड ५० लाख कोरियन वन अर्थात करिव २३ हजार ९५० डलर पर्ने अनुमान गरिएको छ ।

दक्षिण कोरियाली ग्राहकले आगामी फेब्रुअरी देखि सो कार चढ्न पाउने अपेक्षा गरिएको छ । कोरियामा बीवाईडी प्रवेश गरे पश्चात अब यसको प्रतिस्पर्धा टेस्लाका साथै हुन्डाई र किया जस्ता घरेलु प्रतिस्पर्धीसँग समेत प्रतिस्पर्धा हुनेछ ।

gold
himalayan life insurance long ad