stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नामीको शोरुम शुभारम्भ, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपालका लागि डोङफेङ मोटर्सको आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटर्सले काठमाडौंको नागपोखरीमा अत्याधुनिक शोरुम उद्घाटन गरेको छ ।

डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्लु वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्लु वृद्धिका एमडी विवेक सिकारिया र एमएडब्लु वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएका हो ।

गत वर्षको अगस्टमा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति र फेसन शो सहितको सफल सुरुवात पछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ ।

सुरुवातको एक महिना भित्रै नामीले ३५० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको जनाएको छ।

नयाँ शोरूमको उदघाटनको अवसरमा आफ्ना सवारी साधनहरू बुक गरिसकेका ग्राहकहरूसँग उत्सव समेत मनाइएको छ । सो अवसरमा ग्राहकलाई साँचो हस्तान्तरण र केक काट्ने समारोहको आयोजना समेत आयोजना गरिएको थियो ।

एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपालमा अत्याधुनिक शोरुम खोल्न पाउँदा रोमाञ्चित भएको बताउदै यसबाट आगामी दिनमा समेत कम्पनीका बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

नयाँ शोरूममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा समेत गरिएको छ। यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ।

ग्राहकहरूले ‘नाउ अर नेभर’ मेगा अफरहरूबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । यस अन्तर्गत ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ।

यसबाहेक, ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निःशुल्क नाइट स्टे गर्न पाउने जनाइएको छ । ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्ने छन् ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long