citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

महिन्द्रा एक्सईभी–९ई टप स्पेकको मुल्य सार्बजनिक

kumari bank
Prabhu Insurance Long Ad
global bank

महिन्द्राले गत नोभेम्बरमा सार्बजनिक गरेको बिद्युतिय एसयुभी एक्सईभी–९ई टप स्पेकको मुल्य सार्बजनिक गरेको छ । एक्सईभी–९ई प्याक थ्रीको मूल्य ३० लाख ५० हजार भारु तोकिएको हो । सो ईभीको बुकिङ फेब्रुअरी १४ मा खुल्ने र डेलिभरी मार्च २०२५ मा सुरु हुने जनाइएको छ ।

महिन्द्राको इंग्लो प्लेटफर्ममा आधारित एक्सईभी–९ई ५९ र ७९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ ।

जसमध्ये सानो ब्याट्री प्याकले २२८ बिएचपी पावर तथा ३८० एनएम टर्क र ठूलो ब्याट्रीले २८२ बिएचपी पावर एबं ३८० एनएम टर्क जेनेरेट गर्दछ ।

सो नयाँएसयूभीले ६.७ सेकेन्डमा ०–१०० किमी÷घन्टाको स्प्रिन्ट पूरा गर्न सक्ने दाबी गरिएको छ । साथै यसको ७९ किलोवाट आवर ब्याट्री प्याकले ६५६ किमी रेन्ज दिने दाबी गरिएको छ ।

यसलाई १७५ किलोवाटको डिसी फास्ट चार्जर प्रयोग गरेर २० मिनेटमा २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

gold
himalayan life insurance long ad