शुक्रबार धनगढीमा बजाज प्लाटिनाको माइलेज च्याम्पियन हुने
धनगढी । कैलालीको धनगढीमा आगामी पुष ५ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गर्न लागिएको हो ।
धनगढीको चटकपुर चोक अन्तगर्त ट्रक व्यवसाय भवनमा आगामी शुक्रबार यो कार्यक्रम गरिने कम्पनीले जनाएको छ ।
कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत रभरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकबिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकले लिएको छ ।
कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरुले सहभागीता जनाउँन सक्ने बताइएको छ । माइलेज च्याम्पियनमा सहभागी चालकले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्ने कम्पनीको दाबी छ ।
बजाजका अन्य मोडलको तुलनमा प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटर साइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल लोकप्रिय बन्दै गएको कम्पनी भनाई छ ।
बाइकमा उपलब्ध फिचर र माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रबिन खत्रीले बताए । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।