citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आईएमएक्स ९०६ र १०० डब्ल्यू चार्जिङको साथ सार्वजनिक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । अनरको गेमिङ–केन्द्रित जीटी लाइनले मंगलबार आफ्नो नयाँ सदस्य अनर जीटी पाएको छ। यो अनर जीटी मा एक विशाल भीसी हीटसिङ्कको साथमा स्न्यापड्रागन ८ जेन ३ , ५,३००एमएएच सिलिकन–कार्बन ब्याट्री र १००डब्ल्यू वायर्ड चार्जिङ समावेश गरिएको छ।

यो फोनमा एफएचडीं रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेटको साथ ६.७ इन्च एएमओएलईडी स्क्रिन रहेको छ। त्यसैगरी उक्त प्यानल ४,००० निट्स पिक लोकल ब्राइटनेसमा रेट गरिएको छ भने एक इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानरको साथै एक १६ मेगापिक्सेलको सेल्फी क्याम फिचर गरिएको उल्लेख छ।

स्न्यापड्रागन ८ जेन ३ चिप १६ जीबी र्याम र १टीबी स्टोरेज (भण्डारण) सँग पेयर्ड गरिएको छ। अनरले आफ्नो  अनर ३डी कुलिङ  सिस्टम पनि  थप गरेको  बताइएको छ जसले ग्रेफाइट तत्वहरू र –डब्ल्यू थर्मल कन्डक्टिभ जेलको साथ ५,५१४एमएम२ भीसी हीटसिङ्क प्रयोग गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी फोनको पछाडिको भागमा १२ मेगापिक्सेलको अल्ट्रावाइड लेन्सको साथमा ५० मेगापिक्सेलको क्यामरा (आईएमएक्स) ०६० रहेको छ भने सफ्टवेयर पक्ष एन्ड्रोइड १५ मा आधारित म्याजिकओएस ९.० द्वारा कभर गरिएको छ।

त्यसका साथै अनर जीटी आइस ह्वाइट, फ्यान्टम ब्ल्याक र अरोरा ग्रीन कलरमा आउँदछ। यो फोनको १२र२५६ जीबी ट्रिमको मूल्य २,१९९ चिनियाँ युआन (३०२ अमेरिकी डलर) बाट सुरु हुन्छ भने टप–टियर १६ जीबी र्याम र १टीबी स्टोरेज (भण्डारण) संस्करणको मूल्य ३,२९९ चिनियाँ युआन (४५३ अमेरिकी डलर) कायम गरिएको छ।

यो फोन पहिले नै चीनमा अनरको आधिकारिक वेबसाइटबाट खरिदको लागि उपलब्ध रहेको र यसको पहिलो डेलिभरी डिसेम्बर १८ तारिखको लागि निर्धारित गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

gold
himalayan life insurance long ad