citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

निसान र होन्डा मर्जरको अन्तिम तयारीमा

तेस्रो ठूलो अटो उत्पादक बन्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

जापानका दुई ठूला अटो ब्रान्ड निशान र होन्डा मर्जरको तयारीमा छन् । विशेषगरी न्यू इनर्जी भेइकलमा चीनको कडा चुनौतीले जापानको दोस्रो र तेस्रो स्थानमा रहेका अटो कम्पनीहरूलाई मर्ज गर्न बाध्य बनाएको हो ।

रोयटर्सको रिपोर्टका अनुसार दुई कम्पनीले होल्डिङ कम्पनी बनाउन वार्ता गरिरहेका छन् । मित्सुविसी मोटर्समा निसानको २४ प्रतिशत सेयर रहेकाले यस प्रक्रियामा मित्सुविसीलाई पनि समावेश गर्न सकिने बताइएको छ ।

निसान र होन्डा मिलेर एउटा कम्पनी बनेमा सवारी बिक्रीका आधारमा उक्त कम्पनी विश्वको तेस्रो ठूलो कम्पनी हुनेछ ।

निसान र होन्डा मिल्दा ५४ अर्ब अमेरिकी डलरको कम्पनी बन्ने र वार्षिक ७४ लाख सवारी उत्पादन हुनेछ । हाल विश्वको सबैभन्दा ठूलो सवारी उत्पादक कम्पनी टोयोटा हो भने दोस्रो ठूलो कम्पनी फक्सवागन हो ।

विद्युतीय सवारी उत्पादनमा जापानी कम्पनीहरूले हालसम्म त्यति धेरै उत्पादन बजारमा ल्याइसकेका छैनन् ।

यही कारण विश्वकै ठूला सवारी उत्पादन रहेको जापानका लागि परिवर्तित अटोमोबाइल बजार यही ढंगमा अघि बढे अझै चुनौतीपूर्ण हुनेछ । निसानले गत महिना २ अर्ब ६० करोड डलर खर्च बचत गर्ने घोषणा गरेको थियो ।

यसका लागि निसानले ९ हजार रोजगारी कटौती र २० प्रतिशत उत्पादन कम गर्नुपर्ने हुन्छ । निसानको अमेरिका र चीनमा बिक्री घटेपछि यस्तो निर्णयमा पुगेको हो ।

gold
himalayan life insurance long ad