stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सुजुकी भिटारामा आधारित टोयोटा अर्बन क्रुजर ईभी सार्वजनिक

अर्को वर्ष लन्च हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । टोयोटाले अर्बन क्रुजर ईभीको उत्पादन संस्करण सार्वजनिक गरेको छ । नयाँ इलेक्ट्रिक एसयूभी मारुती सुजुकी ई– भिटारामा आधारित रहने जनाइएको छ । सो नयाँ ईभीलाई टोयोटाले अर्को वर्ष भारतमा बिक्री गर्ने योजना बनाएको छ ।

सो नयाँ ईभीको एक्सटेरियरमा यू–आकारको एलईडी हेडलाइट, स्क्वायर–इश व्हील आर्च तथा कालो इन्सर्टको साथ एलईडी टेललाइट जडान गरिएको छ । साथै यसमा १८ इन्च अर्थात १९ इन्चको एरो अप्टिमाइज्ड ह्वीलहरू प्रदान गरिनेछ ।

अर्बन क्रुजर ईभीको भित्री भाग यसअघि सार्बजनिक गरिएको ई–भिटारा कन्सेप्टसँग मिल्दोजुल्दो छ । यसमा डुअल–स्क्रिन लेआउटको साथ उही ड्यासबोर्ड छ, जसमा १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ ।

फिचरको कुरा गर्नुपर्दा यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, पावर ड्राइभर सिट, सनरुफ, रिक्लाइनिङ रियर सिट, जेबीएल अडियो सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी रहेको छ । ईभीमा ३६० डिग्री क्यामेरा र एडिएएस पनि समाबेश हुनेछ ।

ई–भिटारा जस्तै, टोयोटाको इलेक्ट्रिक एसयूभी पनि ४९ र ६१ किलोवाट आवर गरी दुईवटा ब्याट्री अप्सनमा उपलब्ध हुने जनाइएको छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 75

सानो ब्याट्रीलाई अगाडिको एक्सललाई पावर गर्ने एकल इलेक्ट्रिक मोटरसँग जोडिनेछ । यसको आउटपुट १४२ एचपी र १८९ एनएम हुनेछ ।

साथै, ६१ किलोवाट आवर ब्याट्री सिंगल र डुअल ब्याट्री भेरिएन्टमा उपलब्ध हुनेछ भने यसको आउटपुट क्रमशः १७२ बिएचपी र १८९ एनएम तथा १८४ एिचपी र ३०० एनएम हुनेछ ।

prabhu mahalaxmi
kumari