sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला हुँदै, निःशुल्क अवलोकन गर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ५ दशमलव ० हुने भएको छ ।

भिरिञ्ची कलेजले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी मेलाको पाँचौं संस्करण बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुने भएको हो ।

मेलामा ब्याचलरमा अध्ययनरत विद्यार्थीले बनाएका आईओटी, रोबोटिक्स, एआई, सफ्टवेयर लगायतका प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छ ।

यस बाहेक मेलामा रोबो र्‍याम्प रेस, रोबो सकर, स्क्विड गेम, ई–स्पोर्ट्स टुर्नामेन्ट लगायतका गतिविधि हुनेछन् । यसअघि आइसिटी मेलाको प्रि९इभेन्टको रूपमा रिल्स र युआईरयुएक्स प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

आईटीमा रूची हुने सबैले मेलाको निःशुल्क अवलोकन गर्न सक्ने छन् । मेलामा मानिसको दैनिक जीवनलाई सहज बनाउने खालका नवीन आईटी परियोजनाहरू प्रदर्शनमा राखिने छन् ।

साथै, मेलामा आउने अवलोकनकर्तालाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आइसिटी मेला आयोजना गर्दै आएको छ ।

prabhu bank
nawakantipur long