stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकाले चिनियाँ विद्युतीय गाडी (ईभी) को शुल्क वृद्धिलाई अन्तिम रूप दियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाले चिनियाँ विद्युतीय गाडी (ईभी) मा गरेको शुल्क वृद्धिलाई अन्तिम रुप दिएको छ । विद्युतीय गाडी (ईभी) मा सतप्रतिशत र ईभी बेट्रीमा २५ प्रतिशतसम्म वृद्धि भएको शुल्क दुई हप्तापछि लागू हुनेछ ।

ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित गर्दै गएको मे महिनामा शुल्क वृद्धिको घोषणा गरेको थियो । शुल्क वृद्धिको पछिल्लो घोषणा अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय चुनावअघि भएको हो ।

अमेरिकाले चिनियाँ गाडी तथा सामानमा गरेको शुल्क वृद्धिलाई लिएर बेइजिङले कठोर प्रतिक्रिया जनाएको थियो ।

तर अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले विज्ञप्तिमा शुल्कवृद्धिले अमेरिकी श्रमिक र व्यवसायलाई प्रभावित गरिरहेको चीनको नीति र अभ्यासलाई लक्षित गर्ने उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

यसै वर्षदेखि लागू हुने शुल्क वृद्धिबाहेक अमेरिकी व्यापार प्रतिनिधिको कार्यालले सन् २०२५ देखि लागू हुनेगरी सेमीकन्डक्टरमा पनि ५० प्रतिशत शुल्क लगाइने घोषणा गरेको छ ।

prabhu mahalaxmi
kumari