citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिप्रदी ट्रेडिङ र पठाओ नेपालबीच सम्झौता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिप्रदी ट्रेडिङ र पठाओ नेपालबीच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस–टी ट्याक्सी निःशुल्क रुपमा दर्ता गर्नेगरी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार यसै श्रावण मसान्त सम्म एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकहरूले पठाओमा निःशुल्क दर्ता गर्न पाउनेछन् ।

पठाओ नेपालको ग्रिन रिभोलुसन पहलमा हालै सुरुवात गरेको पठाओको कार प्लस सेवा अन्तर्गत सबै विद्युतीय गाडीहरू रहेका छन् ।

यो सहकार्यले एक्सप्रेस–टी ट्याक्सी ग्राहकहरूले सजिलै निःशुल्क पठाओमा आबद्ध हुने सक्ने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long