stcnepal long ad
global ime bank long

एमजी ४ इभीले हात पार्याे २०२४ को उत्कृष्ट कारको उपाधि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एक पछि अर्काे सफलता हात पार्दै आएको छ ।

यहि क्रममा एमजी ४ इभीले हालै २०२४को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात संचार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभीले शिर्ष उपाधि जित्न सफल भएको छ ।

अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने, “एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं। एमजी४को यो न्यूजील्याण्डमा मात्रै नवौं पुरस्कार जित हो ।”

गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्णरुपमा विद्युतिय कार एमजी ४ इभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ ।

२०२२मा बजारमा आएको एमजी ४ इभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘ बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरु हासिल गर्दै आएको छ ।

सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्राण्ड एमजिले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउँदै आएको छ ।

३०० भन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेका एमजिका सवारी साधनहरु यूरोपेली कानून र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ ।

यसका साथै एमजि सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरु बेलायतका प्रख्यात डिजाईनर तथा इन्जिनियरहरुले गर्छन् ।

एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले हाल नेपालमा एमजि ४ ईभि, एमजि जेडएस ईभि, एमजि कोमेट ईभि गरी ३ वटा मोडेलका विद्युतिय र एमजि हेक्टर, एमजि एचएस, र एमजि एसटर गरी ३ वटा मोडेलका ईन्धन गाडीहरु बिक्रि वितरण गर्दै आएको छ ।

IME Lifesidebar
kumari