stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

आफ्नै कीर्तिमानी तोड्दै कामीरिता २९औं पटक सगरमाथा शिखरमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आफ्नै कीर्तिमानी तोड्दै विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरैपटक सफल आरोहण गरी विश्वकीर्तिमानी बनाएका आरोही कामीरिता शेर्पाले पुनः २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

स्वदेशी विश्वकीर्तिमानी आरोही शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखर चुमेर २९ औं पटकको नयाँ रेकड राख्न सफल भएका हुन् । यो सफलतासँगै ५४ वर्षीय आरोही कामीरिताले यसअघिको आफ्नै विश्वकीर्तिमानी तोड्नै पुनः नयाँ रेकर्ड बनाएकी हुन् ।

उनी सेभेन समिट ट्रेक्स प्रालिबाट सगरमाथा आरोहणमा गएका थिए । अहिलेसम्म विश्वको सर्बोच्च शिखर सगरमाथा हिमालको सबैभन्दा धेरैपटक सफल आरोहण गर्ने व्यक्तिमा कामीरिताले थप नयाँ रेकर्ड बनाएको सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ ।

सोलुखुम्बुको थामेका कीर्तिमानी आरोही शेर्पाले सन् १९९२ देखि हिमाल आरोहण सुरु गरेका थिए । सगरमाथा हिमाल आरोहणको यस सफलतासँगै यसअघि उनले ८ हजार मिटर अग्ला केटु, चोयु, ल्होत्से, मनास्लु हिमालको पनि सफल आरोहण गरिसकेका छन् ।

विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथामा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही शेर्पाले यसअघिको आफ्नै २८औं कीर्तिमानलाई तोडेर आइतबार नयाँ रेकर्ड कायम गरेका हुन् । यसपालि पनि उनले सेभेन समिट ट्रेक्स प्रालिमार्फत सगरमाथा आरोहण गरेका थिए ।

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा कामीरिता सगरमाथाको शिखरमा पुगेको जानकारी दिए ।

आरोही कामीरिताले पहिलोपटक सन् १९९२/ १९९३ मा सगरमाथा आरोहण गरेका थिए । तर, त्यो बेला शिखर चुम्न सकेनन् । त्यस बेला आधार शिविरभन्दा माथिको बीच बाटोबाटै फर्किएका शेर्पाले २४ वर्षको उमेरमा सन् १९९४ मा पहिलोपटक सगरमाथाको शिखर चुमेका थिए ।

त्यसपछि सगरमाथा हिमालको चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले उनले सन् २००९, २०१० र २०१३ मा एकै मौमसमा दुईपटक सगरमाथा चढेका थिए ।

सन् २०१८ बाट उनले सेभेन समिटमा काम सुरु गरेका हुन् । जीवनको आधा उमेर हिमाली क्षेत्रमै बिताएका कीर्तिमानी आरोही शेर्पाले सगरमाथा आरोहणको ५०औं वर्षगाँठका बेला पनि आफूले २५औं पटक सगरमाथा चढेको रजत वर्षका रूपमा विश्राम लिने भनेका थिए । त्यसपछि पनि उनलाई हिमाल आरोहणको मोहले छोडेन ।

फेरि एकपछि अर्को कीर्तिमानी तोड्दै अहिले २९औं पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानी भइछाडे । उनलाई हिमाल नचढी चित्तै बुझेन र अहिले लगातार आफ्नै कीर्तिमानी तोड्दै २९औं पटकसम्म सगरमाथाको शिखर चुम्न सफल भए ।

पर्यटन विभागले जानकारी गराए अनुसार, कामीरिता विदेशी भीभीआईपी समूहको वरिष्ठ हाई अल्ट्च्युड गाइडका रूपमा यसपालि २९औं पटक सगरमाथा आरोहण गर्न गएका थिए ।

यसपालि सेभेन समिट र फोर्टिन पिक्स एक्सपिडसन गरी दुईवटा कम्पनीका सदस्यलाई सगरमाथा आरोहण गराउने जिम्मेवारी उनको छ ।

यसैबीच, यो सिजनमा आरोहीलाई सगरमाथा शिखरसम्म पुग्ने बाटो बनाउने प्राविधिक टिमलाई आधार शिविरमा सरकारले सम्मान गरेको छ ।

यसपालिको वसन्त ऋतुको जारी आरोहण सिजनका लागि गत शुक्रबार आइसफल डाक्टरको समूहले बाटो बनाउने काम सम्पन्न गरेको थियो । सोहीअनुसार आइतबार बिहानैदेखि यस वर्षको सगरमाथा आरोहण गर्नेक्रम सुरु भइसकेको छ ।

पर्यटन विभागका अनुसार आधार शिविरबाट दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति र दोस्रो आधार शिविरदेखि चुचुरोसम्म बाटो बनाउने कामको जिम्मेवारी पर्वतारोहण सञ्चालक संघले पाएको थियो ।

सो संघबाट छनोट भएको सेभेन समिट प्रालिले सगरमाथा चुचुरोसम्म बाटो बनाएको हो । आइतबार आधार शिविरमा दुवै बाटो बनाउने संस्था र सोही संस्थाबाट खटिएका आइसफल डाक्टरलाई सरकारले सम्मान गरेको हो ।

यस वर्षको आरोहणलाई व्यवस्थित गर्न सरकारले सगरमाथा आधार शिविरमा फिल्ड अनुगमन तथा निरिक्षण कार्यालय स्थापना गरेको छ । आरोहणका लागि बाटो बनाउने काममा सार्की शेर्पा र डेन्डी शेर्पाको टोली खटिएको थियो ।

prabhu mahalaxmi
kumari