citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नाडाले गर्‍यो अटोमोबाइल क्षेत्रमा देखा परेका समस्या समाधानका लागि अर्थमन्त्रीसँग आग्रह

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन्स अफ नेपालले अर्थमन्त्री वर्षमान पुनसँग अटोमोबाइलको क्षेत्रमा देखापरेका समस्या समाधान गर्न आग्रह गरेको छ ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री पुनसँग छलफलका क्रममा सो कुरा बताएको छ ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरु ल्याउन आग्रह गर्दै नाडाले आर्थिक वर्ष २०८१/८२ का सन्दर्भमा तयार गरेको सुझावहरु समेत पेश गर्नुभयो ।

सो अवसरमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने २० बुँदे नीतिगत सुझावहरु समेत प्रस्तुत गर्नुभयो ।

छलफलको क्रममा खासगरी ‘मेक इन नेपाल’को अवधारणाअनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई मध्यनजर गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन अटोमोवाइल व्यवसायीहरुले अत्यधिकरुपमा सवारी साधनहरु उत्पादन गर्ने सिकेडी प्लान्ट स्थापना गर्दै लगेको र औद्योगिक लगानीलाई सुरक्षित गर्न तथा उद्योगीहरुको मनोबलमा बृद्धि र यसलाई दीर्घकालिनरुपमा सफल बनाउन हाल अन्तःशुल्क महशुलमा दिइएको छुटको व्यवस्था लामो समयसम्म कायम गर्न ऐनमै राख्ने व्यवस्था हुनुपर्ने र यस्तो व्यवस्था भएमा उद्यमीहरुलाई उद्योग स्थापना गर्न प्रोत्साहन हुने र सरकारले सवारी साधनहरुको नेपाल मै उत्पादनका लागि प्रोत्साहीत गर्न महशुल दरमा परिवर्तन नगर्दा दिर्घकालिन नीति तयार गर्नु सहज हुनेछ भन्ने सुझाव राखिएकोमा माननीय मन्त्रीज्यूबाट यस विषयमा विशेष चासो र जिज्ञाशा राख्नुभयो ।

त्यसैगरी त्यस्तै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट ‘हायर पर्चेज लोन’ प्रवाह गर्ने प्रकियामा ‘लोन टु भ्यालु रेसियो’मा हाल ५० प्रतिशतको सिमा तोकिएको छ, जसले गर्दा अटोमोवाइल व्यवसाय गम्भीररुपले प्रभावित बनेकोले ‘लोन टु भ्यालु ५० प्रतिशत बढाएर ७५ प्रतिशत’  पुर्‍याउनुपर्ने सुझाव राखिएकोमा यसबारे सरकारले गम्भीरतापूर्वक विचार गर्ने बताउनु भयो ।

त्यसैक्रममा बैंक तथा वित्तिय निकायहरुलाई अटोमोवाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशत कायम गर्ने र हाल कायम रहेको २५ लाखको क्यापलाई ५० लाख कायम गरिनुपर्ने भन्ने नाडाको सुझावलाई माननीय मन्त्रीज्यूले गम्भिरतापूर्वक लिएको बताउनु भयो ।

सोही छलफलको क्रममा खुल्ला सीमानबाट नेपाली बजारमा स्पेयर पार्टस, टायर तथा लुव्रिकेण्टसको अनधिकृत रुपमा आयात भइरहेकोले वैधानिक तरिकाबाट आफनो व्यवसाय गर्ने व्यवसायीहरुको व्यवसाय निरन्तर रुपमा घटदै गएकोले सीमामा मात्र नभई सीमा वाहिरका नाकारुमा समेत कडाई साथ जाँच गरिनु पर्ने भन्ने नाडाको सुझावलाई सरकारले गम्भिरतापूर्वक लिने आश्वासन समेत दिनुभयो ।

छलफलमा अर्थमन्त्री पुनले नाडाको तर्फबाट राखिएका नीतिगत विभिन्न सुझावहरुप्रति जिज्ञासा र चासो राख्दै ती सुझावहरुका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताउनुभयो ।

उक्त छलफलमा नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साह, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

himalayan life insurance
igi long