citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ग्लोबल आइएमई ,सानिमा र एनएमबी बैंकले २०८१ बैशाख महिनाको व्याजदर तोके

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले २०८१ वैशाख १ गतेदेखि लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत ब्याजदर सार्वजनिक गरेको हो ।

चैत्र महिनाका लागि बैंकले अधिकतम ७.६० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ५.५० प्रतिशत, ६ महिनादेखि  १  वर्षसम्मका  लागि ६ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले वैशाखमा साधारण बचत खातामा न्यूनतम ३.५० प्रतिशत र अधिकतममा ४.५० प्रतिशत र ग्लोबल रेमिट सेभिङमा ५.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत्र महिनामा अधिकतम ६.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सानिमा बैंकको व्याज ७:१० प्रतिशत मात्र

सानिमा बैंक लिमिटेडले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१० प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले चैत्रमा अधिकतम ७.२५ प्रतिशत ब्याजदर तोकेको थियो । सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा वैशाख महिनाका लागि ३ देखि ६ महिनाका लागि ५.७५, ६ देखि १२ महिनाका लागि ६.५० प्रतिशत, १२ देखि १८ महिनाका लागि ७ प्रतिशत र १८ महिनादेखि माथि अवधिका लागि ७.१० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एनएमबि बैंकले व्याज ७.९७ प्रतिशत पुर्‍यायो

एनएमबि बैंक लिमिटेडले मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले २०८१ वैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७.९७ प्रतिशत ब्याजदर तोकेको छ ।

चैत्र महिनामा यस बैंकले अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ ६ देखि ९ महिनासम्म ४.५० प्रतिशत, ९ महिनादेखि १ वर्षसम्म ४.७५ प्रतिशत, १ देखि २ वर्षसम्म ५ प्रतिशत, २ देखि ५ वर्षसम्म ६.५० प्रतिशत र ५ वर्षदेखि माथि अविधका लागि ७.९७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

संस्थागततर्फ बैंकले ६ देखि ९ महिनाका लागि ३.९० प्रतिशत, ९ महिनादेखि १ वर्षसम्मका लागि ३.९५ प्रतिशत, १ देखि २ वर्षका लागि ४ प्रतिशत, २ देखि ५ वर्षका लागि ५.५० प्रतिशत र ५ वर्षदेखि माथिका लागि ६।९७ प्रतिशत ब्याजदर कायम गरेको हो ।

himalayan life insurance
igi long