citizens life insurance long ad
stcnepal long ad

करिब २१% घट्यो हायर पर्चेज कर्जा, ८ महिनामा सवा १ खर्ब प्रवाह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकहरुबाट हायर पर्चेज कर्जा प्रवाह घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो।

फागुनसम्ममा १ खर्ब २६ अर्ब २९ करोड रुपैयाँ हायर पर्चेज कर्जा बैंकहरुबाट प्रवाह भएको छ। जुन गत असार मसान्तसम्मको तुलनामा २०.७ प्रतिशतले कम हो। गत असार मसान्तसम्म बैंकहरुबाट १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको थियो

तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा व्यापारिक प्रयोजनका लागि बैंकहरुबाट ९० अर्ब १४ करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको छ। गत असार मसान्तसम्म यस्तो कर्जा १ खर्ब २२ अर्ब ४८ करोड रुपैयाँ प्रवाह भएको थियो।

यो हिसाबले व्यापारिक प्रयोजनका लागि बैंकहरुबाट प्रवाह हुने हायर पर्चेज कर्जा समीक्षा अवधिमा २६.४ प्रतिशतले घटेको छ।

उता व्यक्तिगत प्रयोजनका लागि बैंकहरुले प्रवाह गर्ने हायर पर्चेज कर्जा पनि १।५ प्रतिशतले घटेको छ।

गत असार मसान्तसम्म व्यक्तिगत प्रयोजनका लागि बैंकहरुले ३६ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा घटेर ३६ अर्ब १५ करोड १७ लाख रुपैयाँमा खुम्चिएको छ।

IME Life
kumari