citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अचार भनेर गाँजा लैजान लाग्दा विमानस्थलबाट एक जना पक्राउ

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । अचारको बोतलमा गाँजा लुकाएर विदेश लैजान लाग्दा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनुषाका अशोककुमार मण्डल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले बताए ।

उनका अनुसार, नेपाल एयरलाइन्सको विमान मार्फत बुधबार साँझ ६ बजे साउदी जान लागेका मण्डलको नियमित जाँच गर्ने क्रममा शंका लागेपछि थप सोधपुछ गरिएको थियो ।

‘भित्र केक जस्तो देखिएपछि जाँच गर्दा गाँजा भएको पुष्टि भयो’, एसएसपी शर्माले भने, ‘त्यसक्रममा गाजा पालेर पकाएको वस्तुलाई अचारको सीसीभित्र हालेको भेटिएको छ ।’

प्रारम्भिक सोधपुछपछि थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले मण्डल र बरामद सामानलाई लागूऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाएको छ ।

himalayan life insurance
igi long