मजदुरको न्युनतम पारिश्रमिक निर्धारण
काठमाडौँ। सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । २०८० साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु. १७ हजार तीन सय निर्धारण गरिएको छ । यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै रु. १३ हजार आठ सय ९३ तोकिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको पारिश्रमिक साउन ३२ गते राजपत्रमा प्रकाशित भएसँगै औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ ।
यो पारिश्रमिक वृद्वि रोजगारदाता,मजदुर र सरकारको त्रिपक्षीय सहमतिमा सरकारले निर्धारण गरेको हो। हालको मन्दिको अवस्थामा रोजगारदाताहरू तलव बढाउने पक्षमा थिएनन।
वृद्धि भएको पारिश्रमिकमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकमा रु.१० हजार ८ सय २०, आधारभूत पारिश्रमिक रु. ६ हजार ४ सय ८० र महङ्गी भत्ता रहेको छ ।
यस्तै, प्रतिघण्टा रु. ८९, दैनिक र रु. ६६८ र आंशिक समय मात्र काम गर्ने श्रमिको प्रतिघण्टा रु. ९५ पारिश्रमिक निर्धारण गरिएको राजपत्रमा उल्लेख गरिएको छ ।
चिया बगानका श्रमिकका हकमा र आठ हजार नौ सय ३४ रूपैयाँ आधारभूत पारिश्रमिक र चार हजार नौ सय ५९ रूपैयाँ महङ्गी भत्ता गरेर मासिक १३ हजार आठ सय ९३ न्यूनतम पारिश्रमिक तोकिएको छ ।
चिया बगानका श्रमिकलाई आधारभूत र महङ्गी भत्ता जोडेर दैनिक पाँच सय पारिश्रमिक निर्धारण गरिएको छ । यस्तै, चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता रु।६३ निर्धारण गरिएको छ ।
उपर्युक्त पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चयकोष, उपदान लगायतका सुविधा अनिवार्यरुपमा हुनुपर्ने राजपत्रमा उल्लेख गरिएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकारप्राप्त स्थानीय तह वा अन्य निकायले मन्त्रालयले तोकेको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने बताइएको छ ।























