स्पेन र स्विडेन सेमिफाइनलमा
Sweden's Amanda Ilestedt, centre, is congratulated by teammates after scoring her team's first goal during the Women's World Cup quarterfinal soccer match between Japan and Sweden at Eden Park in Auckland, New Zealand, Friday, Aug. 11, 2023. (AP Photo/Andrew Cornaga)
काठमाडौं। स्पेन र स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विलिंघटनमामा शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले जापानलाई २–१ गोलले नै स्तब्ध बनायो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा स्पेनले निर्णायक गोल गरेको थियो ।
स्पेनको जितमा मारियोना ओलिभर काल्डेन्टे र साल्मा पारालुइलोले गोल गर्नुभयो । नेदरल्यान्डस्का लागि स्टेफनी भान डेर ग्राटले गोल गर्नुभयो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मारिओनाले ८१औं मिनेटमा गोल गर्दै स्पेनको उत्साह जगाउनुभयो । ९०औं मिनेटमा स्टेफनीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा एक सय ११औं मिनेटमा साल्माले गोल गर्दै स्पेनको सेमिफाइनल यात्रा पक्का बनाउनुभयो ।
सन् २०१५ बाट महिला विश्वकप खेल्न थालेको स्पेन पहिलो पटक फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
यसैगरी न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको अर्को सेमिफाइनलमा स्विडेनलाई जिताउन अमान्डा इलेस्टेडेटले ३२औं र फिलिपा एन्जलडेटले ५१औं मिनेटमा गोल गर्नुभयो । जापानका लागि होनोका हायाशीले ८७औं मिनेटमा सान्त्वना गोल फर्काउनुभयो ।
स्विडेन पाँचौ पटक फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो । सन् २००३ को उपविजेता स्विडेन सन् १९९१, २०११ र २०१९ मा तेस्रो भएको थियो । सेमिफाइनलमा स्डिेन र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी





















