stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको दाबी फर्छ्योट अनलाइनबाट हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी फर्छ्योट अनलाइन (विद्युतीय माध्यम) बाटै गर्न सकिने सुविधा ल्याएको छ ।

कम्पनीले आफ्ना ग्राहक अथवा बीमितहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागेको बताएको छ ।

अनलाइन दाबी प्रकृयाको प्रारम्भदेखि दाबी भुक्तानीसम्मको प्रकृयाबारे दाबीकर्तालाई जानकारी दिने गरी कम्पनीले ट्रयाक क्लेम पोर्टल तयार पारेको छ। ग्राहकलाई बीमा दाबीको प्रगती र अध्यावधिक अवस्थाबारे सहजै जानकारी लिन बीमितलाई सुविधा हुनेछ।

बीमितले बीमा दाबी दर्ता गरेपछि सिद्धार्थ प्रिमियरले बीमितको मोबाइल नम्बरमा एसएमएसमार्फत् दाबीको सूचना दर्ता भएको पुष्टी गर्छ ।

एसएमएस मार्फत् बीमितले दाबी दर्ता नम्बर, अनलाइन पोर्टल खोल्ने लिंक, यूजर नेम र पिन नम्बर समेत प्राप्त गर्छन् । बीमितले युजर नेम र पिन कोड प्रयोग गरेर त्यसपछिका चरणमा दाबीको प्रगतीबारे जानकारी लिन सक्छन् ।

बीमितले इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि आफूले बीमा दाबी दर्ता गर्न सक्नेछन् ।

एक पटक दर्ता भइसकेको दाबीको सम्बन्धमा कम्पनीको दाबी विभागबाट भइरहेको काम, दाबीका लागी कम्पनीको तर्फबाट माग गरिएका थप सूचना वा प्रमाणको सम्बन्धमा पनि बीमित वा दाबीकर्ताले यो पोर्टलको माध्यमबाटै जानकारी लिन सक्छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदबारले बीमितले कम्पनीमा फोन, इमेल वा एसएमएसका माध्यमबाट बीमा दाबी योग्य घटना, दुर्घटनाबारे प्रारम्भिक जानकारी दिए लगत्तै कम्पनीले बीमा दाबी दर्ता गरेर पक्रिया अगाडि बढाउनेछ ।

त्यसपछि कम्पनीले क्षती मूल्याङ्कनका लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरूको सूची उपलब्ध गराउनेछ । कम्पनीले आवश्यक परेमा नोक्सानी मूल्याङ्कन गर्न सर्वेक्षक समेत खटाई बीमितलाई सहजीकरण गर्नेछ ।

प्रमुख कार्यकारी अधिकृत बैदवारले भने, प्रविधि मैत्री सेवाले बीमितलाई झन्झट रहित दाबी भुक्तानी प्राप्त गर्न सहज हुनेछ।

समयको बचत र दाबीका लागी बीमा कम्पनीमै धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ। उनले प्रविधिको प्रयोग बढाउँदै भविष्यमा अझै द्रूत सेवा दिन व्यवस्थापन तत्पर रहेको बताए ।

prabhu mahalaxmi
kumari