macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

दुग्ध विकास बोर्ड खारेजी फिर्ता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी फिर्ता लिएको छ । यसअघि सरकारले चालु आवको बजेटमार्फत बोर्ड खारेजीको घोषणा गरेको थियो ।

मन्त्रीपरिषद्को बैठकले बोर्ड खारेजी फिर्ता गर्ने निर्णय लिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषिमन्त्री डा. बेदुराम भुसालको निजी स्वकीय सचिव सुशील भट्टराईका अनुसार बोर्डको आवश्यकता देखेर खारेजी फिर्ता गरिएको बताउनुभयो ।

आत्मनिर्भरको अवस्थामा रहेको दुग्ध क्षेत्रलाई नियमन तथा अनुगमनका लागि बोर्ड आवश्यक देखिएकाले यसलाई खारेजी गर्न नहुने मन्त्रीपरिषद्ले निर्णय गरेको भट्टराईले बताउनुभयो ।

खारेजीको घोषणा भएकै दिनदेखि यस क्षेत्रसँग सम्बन्धित सरोकारवालाले फिर्ता लिन आग्रह गर्दै आएका थिए ।

सरकारको यो निर्णयको संसद्देखि सडकसम्म विरोध सुरु भएको थियो । नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग सङ्घलगायतका सङ्घ संस्थाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महत लगायत सरकारका अन्य निकायका प्रतिनिधिसँग भेटेर यस क्षेत्रको आवश्यकताको बारेमा जानकारी गराएका थिए ।

नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रको योगदान करिब छ प्रतिशत रहेको छ भने यस क्षेत्रले पशुपालन क्षेत्रमा करिब ६६ प्रतिशत योगदान पु(याएको तथ्याङ्क छ । ३० लाख घर परिवार दुध उत्पादनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न रहेका छन् ।

करिब चार हजार सहकारी संस्थाद्वारा दूध सङ्कलन र ६०० दुग्ध उद्योग मार्फत दुध प्रशोधन कार्य भइरहेको छ ।

निजी क्षेत्रको लगानी ४० अर्ब रुपियाँ छ भने सहरबाट गाउँमा औपचारिक क्षेत्रमार्फत दैनिक छ करोडभन्दा बढी रकम प्रवाह भइरहेको छ ।

बोर्डले राष्ट्रियस्तरमा दुग्ध व्यवसाय सम्बन्धी नीति निर्माण र त्यस सम्बन्धी विकास योजना तर्जुमाका साथै दुध तथा दुग्ध पदार्थको उत्पादन एवं प्रवर्धनका लागि आवश्यक हुने पदार्थको आयात तथा उत्पादित दुध तथा दुग्ध पदार्थको निर्यात सम्बन्धी नीति निर्माणको काम गर्दै आएको छ ।

दुग्ध विकाससम्बन्धी उच्चस्तरीय अध्ययन अनुसन्धान, निजी दुग्ध उद्योग तथा दुग्ध विकास संस्थानबिच समन्वय गराउने काम पनि बोर्डले गर्दै आएको छ ।

दुधको उत्पादन लागत मूल्य, दूधको गुणस्तर सुधार, आयात निर्यात प्रवर्धन गर्ने कार्य पनि बोर्डको क्षेत्राधिकारभित्र रहेको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

himalayan life insurance
igi long
NTA long ad