stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन लाइफ इन्स्योरेन्स र लर्डबुद्ध एजुकेसन फाउन्डेसनबीच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउन्डेसन र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन्। मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्ने उद्देश्यले यी दुई कम्पनीले सहकार्य गर्ने भएका हुन् ।

सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबीच सहकार्य गर्ने सहमति भएको हो।

सहमतिपत्रमा फाउन्डेसनका अध्यक्ष पंकज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्णले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार फाउन्डेसनले एमबीए र एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीको सिफारिसमा ६ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए।

फाउन्डेशनमा सूचना प्रविधि तथा व्यवस्थापने विषयमा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीका रुपमा सहभागी हुन पाउने सहमति भएको छ। यसबाट विद्यार्थीले पढाइका साथै रोजगारीको समेत अवसर पाउने अध्यक्ष जलानले बताए।

सूचना प्रविधि र व्यावसायिक शिक्षाको विकास र प्रयोग बढे पनि सोअनुसारको दक्ष कामदार पाउन नसकिएकाले आफूहरुले पहल गरेको अध्यक्ष जालानको भनाइ छ।

सरकारले पछिल्लो समय अंगिकार गरेको पढ्दै कमाउँदै नीतिको व्यवहारिक कार्यान्वयनका लागि फाउन्डेसनले पनि पहल गरिरहेको अध्यक्ष जालानले सोही कार्यक्रम मार्फत बताएका छन् ।

prabhu mahalaxmi
kumari