stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुन चाँदी पसलबाट चोरी कार्यको अभियोगमा तीन जना पक्राउ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौं । काठमाडौं महानगरपालिका सरकारीधारास्थित नोर सुन चाँदी पसलबाट करिब २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको सुन तथा चाँदीका बिभिन्न गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोंगबु बस्ने कास्की पोखरा महानगरपालिका-१० अमरसिंङ चोक ठेगाना भएका मिलन तामाङ, काठमाडौं ठमेल बस्नेहरु नुवकोट तार्केश्वर गाउँपालिका-४ ठेगाना भएका ३१ वर्षीय प्रेम तामाङ र भारत मोतिहारीका २५ वर्षीय ऋषिमुनि कुमार रहेका छन् ।

लकडाउनको मौका छोपी रातको समयमा हुने चोरीको घटनाहरुको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उक्त पसलमा गत बैशाख ६ गते रातिको समयमा चोरी भएको घटनामा संलग्न उनीहरुलाई चोरी गरी लगेका विभिन्न धनमाल सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट सुनको मंगल सुत्र १ थान, सुनको चन्द्रमा हार १ थान, चाँदीको पाउजु २५ थान, चाँदीको कि-रिङ २ थान, चाँदीको दियो १ थान, बच्चाले लगाउने चाँदीको कल्ली ७ थान, चाँदीको औठी ३ थान, चाँदीको जन्तर २ थान, चाँदीको प्लेट ३ थान, चाँदीको बेरुवा बाला १ थान, चाँदीको ब्रासलेट १ थान, चाँदीको सिक्री १ थान र चाँदीका लकेट १३ थान प्रहरीले बरामद गरेको छ ।

उनीहरुमध्ये मिलन तामाङ चोरी कार्यमा संलग्न तथा प्रेम तामाङ र ऋषिमुनि कुमार चोरीको सामान खरिद गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको र उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari