stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

समयमै व्यवस्थापन नगरे कर्णालीमा खाद्यान्न संकट हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वीरेन्द्रनगर । कर्णाली प्रदेशमा खाद्यान्नको मौज्दात कम हुँदै गएको छ । कोरोना भाइरस संक्रमण फैलँदै गएपछि ढुवानीकर्ताले ढुवानी नगर्दा मौज्दात घट्न थालेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतका अनुसार प्रदेशभर रहेका शाखा कार्यालय र डिपोमा २६ हजार क्विन्टल खाद्यान्न मौज्दात छ । कम्पनीका प्रबन्धक भीम थापाले सुर्खेतमा ५ हजार ६ सय ३८ सय क्विन्टल चामल मौज्दात रहेको बताए । ‘पूर्वबाट हुने ढुवानी सबै ठप्प छ,’ उनले भने, ‘पश्चिमतिर कोरोनाको संक्रमण बढिरहेकाले ढुवानीकर्ता त्रसित छन्, लामो समय ढुवानी रोकिएपछि समस्या देखियो ।’ प्रदेश सरकारले समयमै खाद्यान्नको व्यवस्थापन नगरे संकट निम्तिने उनको दाबी छ ।

सुर्खेतमा भएको मौज्दातले करिब एक महिना पुग्ने कम्पनीले जनाएको छ । जिरा मसिना, सोना मन्सुली, झापाको रञ्जित र जापानिज चामल बेच्दै आएको कम्पनीमा अहिले जापनिज चामलमात्रै छ ।

‘भारतबाट धेरै संख्यामा मान्छे आउँछन् भन्ने थाहा भएन,’ उनले भने, ‘यतिको संख्यामा थपिने भन्ने यकिन पहिले नै भएको भए धेरै ढुवानी गरिन्थ्यो । आजको कान्तिपुर दैनिक बाट

prabhu mahalaxmi
kumari