stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निजी सेनाले बिद्रोह गरे पछि पुटिनले भने, ‘पिठ्युँमा छुरा प्रहार गर्नेलाई कारबाही हुन्छ’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा निजी सेना वाग्नर समूहले कू प्रयासको बीचमा देशलाई सम्बोधन गरेका छन ।

पुटिनले वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको कार्य देशद्रोह भएको बताएका छन् । सम्बोधनमा उनले भने, ‘यो देशद्रोह हो । रुसले आफ्नो रक्षा गर्नेछ र यस शत्रुतापूर्ण कदम विरुद्ध बदला लिनेछ ।’

वाग्नर प्रमुख येभगेनी प्रिगोजिन र उनको सेनाले रोस्तोभ अन डोन र भोरोनेजका रूसी शहरहरू कब्जा गरेको केही घण्टापछि पुटिनले बिहान रुसी जनतालाई एउटा टेलिभिजनमार्फत सम्बोधन गरेका थिए ।

रुसी सेना र रुसी जनता विरुद्ध विद्रोह गर्नेलाई विद्रोहको सजाय दिइने पुटिनले बताए । सम्बोधनका क्रममा पुटिन निकै क्रोधित देखिन्थे ।

उनले थप भने, ‘जसले जानाजानी देशद्रोहको बाटोमा हिँडेका छन्, त्यसले अवश्यम्भावी सजाय भोग्नुपर्छ । सेनाले उचित आदेश पाएको छ।’

 

prabhu mahalaxmi
kumari