stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुर्खेतमा २४ घण्टामा थपिए १५ सङ्क्रमित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ कोरोना सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका सात पुरुष, तीन महिला, चौकुने गाउँपालिकाका दुई महिला, एक पुरुष, सुदुरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुष र पहिचान हुन बाँकी एक महिलामा गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

महाशाखा प्रमख डा. लक्ष्मीनारायण तिवारीले नयाँ पहिचान भएका सबै सङ्क्रमितलाई आइसोलेसनमा राखिएको र उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । बझाङका ५५ वर्षीय पुरुष तथा बोल्न नसक्ने एक महिलाको ठेगाना पत्ता लगाउन प्रयास भइरहेको बताए ।

मन्त्रालयले प्रदेशका सबै जिल्लामा आरडिटी र पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेसन, १७ भेन्टिलेटर रहेका छन् । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लामा गरिएको १६० पिसीआर परीक्षणमध्ये सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा १५ जनाको रिर्पोट पोजिटिभ आएको हो ।

prabhu mahalaxmi
kumari