stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पच्चीस प्रतिशत मात्र पाठ्यपुस्तक बिक्री

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । विद्यालयबाट पुस्तकको माग नआएपछि जनक शिक्षा सामग्री केन्द्रबाट यसै शैक्षिक सत्रका लागि छपाइ भएका पुस्तक बिक्री हुन सकेको छैन । केन्द्रले छपाइ गरेर मातहतका क्षेत्रीय कार्यालयमा पु¥याएकामध्ये २५ प्रतिशत
पुस्तक पनि बिक्री हुन नसकेको जनाइएको छ ।
केन्द्रका महाप्रबन्धक महेश तिमिल्सनाले विद्यालयमा किताबको माग नभएका कारण आफूहरूले छपाइ गरेका पुस्तक बिक्री हुन नसकेको बताउनुभयो । आफूहरूले विभिन्न माध्यमको प्रयोग गरेर पुस्तक ढुवानी गराए पनि पुस्तक बिक्री हुन नसकेको उहाँको भनाइ छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले जारी बन्दाबन्दीका कारण विद्यालय बन्द रहेकाले समस्या भएको उहाँले बताउनुभयो ।
यसका साथै धेरै विद्यालयका प्रधानाध्यापक नै विद्यालय क्षेत्रबाहिर भएका कारण पुस्तक बिक्री हुन नसकेको महसुस केन्द्रका अधिकारीहरूले गरेका छन् । मातहतका कार्यालयबाट डिलरमा पु¥याएर केन्द्रले पुस्तकको बिक्री वितरण गर्ने गरेको छ । हाल सबै जिल्लामा गरेर केन्द्रका एक हजार एक सय डिलर छन् । विद्यालयमा नयाँ पुस्तकका लागि बजेट अभाव नभएको जनाइएको छ । विद्यालयले पुस्तक ल्याउन दबाब दिए मात्रै डिलरले पुस्तक खरिद गर्ने अवस्था रहेको महाप्रबन्धक तिमिल्सनाले बताउनुभयो । जनक शिक्षाले विद्यालय तहका लागि आवश्यक पर्नेमध्ये ९० प्रतिशत पुस्तक छपाइ कार्य पूरा गरेको जनाएको छ ।  आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari