stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पदोन्नति प्रहरी नायव उपरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

काठमाडौं  ।  नेपाल सरकार,गृह मन्त्रालय सचिवस्तरको २०७७ जेठ १३ गतेको निर्णय अनुसारप्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ६० जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उहाँहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात सांगठनिक जिम्मेवारी थपिएकोले प्राप्त जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलका साथ उत्कृष्ट काम गर्न निर्देशन दिनुभयो ।

व्यक्ति भन्दा संगठनलाई बलियो बनाउने तर्फ सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्ने उल्लेख गर्दै राज्यले सुम्पेको दायित्व र भूमिका तथा नागरिक केन्द्रित सेवा प्रवाह गर्न निष्ठापूर्वक एवं उच्च मनोबलका साथ दायित्व बोध गर्नुपर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीलाई निर्देशन दिंदै पदोन्नतिमा मूल्याङ्कनका सूचक र विधिबारे चर्चा गर्दै व्यवसायिक कार्यदक्षता, इमान्दारिता, सेवाभाव तथा कार्यसम्पादनको स्तरलाई आधार मानेर प्रहरी कार्मचारीहरुको मूल्याङ्कन हुने उल्लेख गर्नुभयो । पदोन्नतिसँगै थपिएको जिम्मेवारी पूरा गर्न बद्लिदो परिस्थितिलाई मध्यनजर राखी व्यवसायिकता प्रदर्शन गर्दै आफ्नो काममा खरो उत्रनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा सक्रिय रुपमा अग्रपङ्तिमा खटिएका प्रहरी कर्मचारीहरुले आफ्नो व्यक्तिगत सुरक्षाको उपायहरु अबलम्बन गरी थप संवेदनशील र व्यवसायिक भई परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने प्रहरी महानिरीक्षक ज्ञवालीले बताउनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक पृथ्वीनारायण ओलीले संगठनले राखेको अपेक्षा पूरा गरी संगठनको गरिमा माथि उठाउनका लागिसदैव तल्लीन रहने उल्लेख गर्नुभयो । पदोन्नति पछि प्राप्त थप जिम्मेवारीलाई इमानदारिताका साथ पुरा गर्ने प्रतिवद्धताउहाँले व्यक्त गर्नुभयो ।

 

prabhu mahalaxmi
kumari