stcnepal long ad
ime life insurance
global ime bank long

माछापुच्छ्रे बैंकले अपग्रेड गर्यो अनलाइन बैंकिङ सेवा,

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल 

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘अब नो लाइन बैंकिङ’ नाराका साथ आफ्नो अनलाइन सेवालाई अपग्रेड गरेको छ । बैंकले ग्राहकलाई बैंकिङ् सेवा लिन थप सरल र थप सुरक्षित होस् भन्ने उद्देश्यले आफ्नो बैंकिङ् सेवालाई अपग्रेड गरेको हो ।

यससँगै, बैंकका व्यवसायिक तथा व्यक्तिगत दुबै ग्राहकले घर वा कार्यालयमा बसेर अधिकतम बैंकिङ सेवा सरल रूपमा पाउने छन् ।   साथै, उनीहरुले अन्तर बैंक रकमान्तर, कनेक्ट आइपिएस र स्टेटमेन्ट हेर्न पाउने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार यो सेवामार्फत व्यवसायिक तथा कर्पोरेट हाउसले तलबको व्यवस्थापन गर्न पनि पाउनेछन् । त्यस्तै, बैंकको अनलाईन बैंकिङ्ग मार्फत ब्यक्तिगत ग्राहकहरुले पनि बिभिन्न बैंकिङ्ग कारोबार जस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा रकमान्तर गर्न, क्रेडिट कार्डको बिल पेमेन्ट गर्न, इसेवा, खल्ती लगायतका वालेटहरुमा पैसा लोड गर्न, मोवाइल टपअप गर्न, बत्ति पानीको पैसा तिर्न लगायतका सेवा उपयोग गर्न सकिन्छ ।

त्यसैगरी, बारम्बार तिर्नुृ पर्ने रकमलाई सेटलमेन्ट गरी तिर्न सकिने छ । यस सेवा लिएका ग्राहकहरुले मुद्दती खाता समेत यसै सेवा मार्फत खोल्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari