अर्थमन्त्री खतिवडाले आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै
आर्थिक सञ्जाल
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज मंगलबार संसदमा आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण पेश गर्दै छन् ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थ मन्त्री खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद सचिवालयले बताएको छ ।
आर्थिक सर्वेक्षण पेश भएको तेस्रो दिन अर्थात जेठ १५ गते नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा प्रस्तुत हुनेछ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ । बजेट अघि मुलुकको अर्थतन्त्रको अवस्था सर्वेक्षण मार्फत जानकारी गराइन्छ ।





























