stcnepal long ad
global ime bank long

इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोर्चुगलको बेन्फिकालाई हराउँदै इटालीको इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ ।

क्वाटरफाइनल अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा बेन्फिकासँग ३–३ को बराबरी खेलेपनि समग्रमा ५–३ ले विजयी हुँदै इन्टर सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा इन्टरले बेन्फिकालाई २–० ले हराएको थियो ।

इटालीमा भएको दोस्रो लेगमा खेलको १४ औं मिनेटमा निकोलो बरेलाले गोल गर्दै इन्टरलाई सुरूवाती अग्रता दिलाएका थिए ।तर, ३८ औं मिनेटमा फ्रेडरिक और्सनेसले गोल गर्दै बेन्फिकालाई १–१ को बराबरीमा ल्याए ।

६५ औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए । त्यस्तै, ७८ औं मिनेटमा जोआक्विन कोरेयाले गोल गर्दै इन्टरलाई ३–१ को अग्रता दिलाए ।  ८६ औं मिनेटमा एन्टोनियो सिल्भाले गोल गर्दै बेन्फिकालाई ३–२ को स्थितिमा ल्याए ।

त्यसपछि, इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा पिटर मुसाले गोल गर्दै बेन्फिकालाई ३–३ बराबरीमा ल्याए । इन्टर मिलानले अब सेमिफाइनलमा आफ्नै देशको प्रतिद्वन्द्वी एसी मिलानसँग खेल्नेछ ।

IME Lifesidebar
kumari