stcnepal long ad
global ime bank long

मेन्छियाम हाइड्रोपावरको आइपीओमा १ करोड ६ लाखभन्दा बढी कित्ताका लागि पर्यो आवेदन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आइपीओमा १ अर्ब ६ करोड २८ लाख २५ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज (वैशाख ६ गते) सम्म ९ लाख ५९ हजार ८९ जनाले १ करोड ६ लाख २८ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ११.३६ गुणा बढी आवेदन हो ।

कम्पनीले वैशाख ४ गतेदेखि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।

IME Lifesidebar
kumari