citizens life insurance long ad
stcnepal long ad

म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकियो

Nimb long ad
Prabhu Insurance Long Ad

युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा दुई आत्मघाती गोल गर्दा म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकिएको छ । खेलको अन्त्यतिर आत्मघाती गोल गरेपछि म्यानचेष्टर युनाइटेड सेभियासँग २–२ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा पहिलो हाफमै दुई गोलको अग्रता बनाएको युनाइटेडले अन्तिम ६ मिनेटमा दुई आत्मघाती गोल उपहार दिएको थियो ।
युनाइटेडका लागि मार्सेल सबतिजरले १४औं र २१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

सेभियाका लागि पनि युनाइटेडले नै गोल गरिदियो । ८४औं मिनेटमा टारेल मलमासिया र इन्जुरी टाइममा ह्यारी मगुएरेले आत्मघाती गोल गरेपछि सेभियाले पहिलो लेग बराबरी गर्न सफल भयो ।

IME Life
kumari